• ६ असोज २०८३, मंगलबार
  • ३ः०० दिउँसो

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार ०७:०९

राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए । प्रधानमन्त्री ओली हाल स्वाथ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभसिंटी हस्पिटलमा छन् ।

National Life

अझै एक सातासम्म उपचारका क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शरीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो ।
( देवेन्द्र भट्टराई)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया