• १६ भदौ २०८३, बुधबार
  • १२:४१ बेलुका

नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त

प्रकाशित मिति

२०८० फाल्गुन १३ गते, आईतवार १२:५६

फागुन १३, २०८० विरगञ्ज : नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले शाहनवाज अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको कलेजले जनाएको छ । अन्सारी यसअघि कलेजको निर्देशक भएर कार्यरत थिए । प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै शाहनवाज अन्सारीले नेशनल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लैजाने बताए ।

Kamana Sewa

मधेस प्रदेशकै ठूलो स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेज मधेस प्रदेशका जनताको स्वास्थ्यको भसोराको केन्द्र रहेको तथा सिमावर्ती भारतीय नागरिकको स्वास्थ्योपचारको समेत केन्द्रविन्दु रहेकाले उनीहरुको आस्था र भसोरालाई अझ बलियो बनाउन आफु लागिपर्ने उनले बताए ।

Classic Tech Desktop

उनी कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीका छोरा हुन् । उनको कलेजमा १५ प्रतिशत शेयर छ । कलेजको मुख्य शेयर प्रा.डा. जैनुद्दिन अन्सारीको नाममा छ । उनीसँग ४५ प्रतिशत कलेजको स्वामित्व रहँदा नुशरत जहान अन्सारीको नाममा १० प्रतिशत, निकहत यासमिनको नाममा १० प्रतिशत, इशर्त जहानको नाममा १० प्रतिशत तथा बसरुद्दिन अन्सारीको नाममा १० प्रतिशत शेयर रहेको कलेजका अध्यक्ष प्रा.डा. अन्सारीले जनाएका छन् ।

प्रतिकृया