• १५ असोज २०८३, बिहीबार
  • २ः४० राती

नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह सम्पन्न (भिडियाे सहित)

प्रकाशित मिति

२०८० फाल्गुन ८ गते, मंगलवार १२:३३

सुभाष कुँवर

National Life

फागुन ८, २०८० काठमाडौँ: यही फागुन ७ गते काठमाडौंमा एक कार्यक्रमका बीच पाँचौ नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रम काठमाडौंको भृकुटी मण्डपमा रहेको नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको हो । कार्यक्रम ओलम्पियाडमा भाग लिएका विभिन्न सहभागीहरुको भिडियो परिचयबाट शुरु भएको थियो । त्यस पश्चात सभापति अर्जुन सापकोटाले स्वागत मन्तव्य दिएका थिए । मन्तव्यको क्रममा उपस्थित सबै महानुभावहरु, मिडियाकर्मीहरु, विद्यार्थीहरु तथा सरोकारवालाहरुलाई उनले स्वागत गरे । कार्यक्रममा बोल्दै उनले भने, “उत्कृष्ट ५ जनाले नेपालबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा प्रतिनिधित्व गर्नेछन्, ५ जना गोल्ड मेडलिस्टको नाम आजको कार्यक्रममा घोषणा गरिनेछ, त्यो अर्थमा आजको कार्यक्रम निकै महत्वपूर्ण छ ।” उनले अगाडि भने, “नेपाल इकोनोमिक्स ओलम्पियाड २०१९ मा शुरु गरेका थियौं । नेपालमा इकोनोमिक्स, बिजनेस र फाइनान्स साक्षरता प्रवद्र्धन गर्नको लागि यो अभियानलाई निरन्तर अगाडि बढाइरहेका छौं । हामीले अन्तर्राष्ट्रिय रुपमा पनि प्रतिनिधित्व गरिरहेका छौं । केही विगतका सहभागीहरु विश्वका उत्कृष्ट विश्वविद्यालयमा भर्ना भएका छन्, यो निकै ठूलो उपलब्धिको कुरा हो ।”

कार्यक्रममा अन्तर्राष्ट्रिय बीजनेस ओलम्पियाड २०२३ का सहभागीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदक तथा प्रंससा पत्र वितरण गरेका थिए । पदक तथा प्रसंसा पत्र पाउनेहरुमा गोल्ड तर्फ समृद्धिका दाहाल थिइन् भने सिल्भर तर्फ युक्ता लेखक, चैतन्य राज शाह, मनिष ओझा, आदेश विष्ट, अनुराग यादव, विनायक गौतम थिए भने काँस्यतर्फ सम्प्रदा अधिकारी, डेलिला दुरा रहेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पुरस्कार वितरण समारोहलाई स्रम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आफूले तेश्रो संस्करणका अलवा यस अघिका संस्करणमा पनि भाग लिएको उल्लेख गरे । अहिलेको स्थितिसम्म आउन सहयोग गरेको एपेक्स कलेजदेखि ओलम्पियाड मार्फत विद्यार्थीले आर्जन गरेको ज्ञानले विभिन्न कलेजका विद्यार्थीलाई अर्थशास्त्र पढ्न प्रेरित गरेको भट्टको भनाई थियो ।  

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पुरस्कार वितरण समारोहमा आफूलाई आमन्त्रण गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले आफूले अहिलेको तेश्रो संस्करणमा भाग लिएको र यो भन्दा अगाडिको संस्करणमा पनि भाग लिएको उल्लेख गरे । उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि अर्जुनजी निकै खटिनुभएकोमा उनको प्रंससा गर्दै धेरै भन्दा धेरै विद्यार्थीहरुलाई एउटै मंचमा जम्मा गर्न सकेकोमा खुशी व्यक्त गरे । त्यसैगरी उनले अहिलेको स्थितिसम्म आउन सहयोग गरेका एपेक्स कलेजदेखि ओलम्पियाड मार्फत विद्यार्थीले आर्जन गरेको ज्ञानले विभिन्न कलेजका विद्यार्थीहरु अर्थशास्त्र पढ्न प्रेरित भएको बताए । उनले अहिलेका ओलम्पियाडमा भाग लिएर अन्तर्राष्ट्रिय एक्सपोजर पाएका विद्यार्थीहरुले १०, १५ वर्षपछि देशको लागि उल्लेखनीय योगदान गर्न सक्ने बताए । अन्तर्राष्ट्रिय मंचमा सहभागि भएका विद्यार्थीहरुले भोलिका दिनमा राम्रा योजनाहरु तर्जुमा गरेर देशको स्थिति सुधार्न महत्वपूर्ण योगदान दिन सक्ने उनले बताए ।

नेपाल इकोनोमिक ओलम्पियाडको बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा. विश्वनाथ पौडेलले प्रतियोगिमा जित हार भन्ने कुरा साधारण रहेको बताउँदै ओलम्पियाडको मुख्य उद्देश्य भनेको सबै समुदायबाट भाग लिन प्रोत्साहित गर्नु भएको बताए । आफूले उत्सुकतापूर्ण सहभागिताको अपेक्षा राखेको उनको भनाई थियो । कार्यक्रमका सहभागिले पछिल्लो समय पर्यटनका क्षेत्रमा राम्रो प्रगति भइरहेको बताउँदै होटलहरुको विस्तारले थप उत्साह छाएको बताएका थिए । हाल ३० ठाउँमा फाइव स्टार होटल रहेको उल्लेखगर्दै उनीहरुले शिक्षा र स्वास्थ्य पनि पहिले भन्दा राम्रो भएकोले प्रशस्त आशा गर्ने ठाउँ रहेको बताए । शिक्षा र स्वास्थ्य पनि पहिले भन्दा राम्रो भएकोले प्रशस्त आशा गर्ने ठाउँ रहेकाे उनले बताए । चुनौतीहरुको बारेमा उल्लेख गर्दै तीनवटा मुख्य चुनौतीहरु भएको बताए जसमा धेरै जसो आयोजनाहरु अलपत्र हुनु, सोचेजस्तो राजस्व नउठ्नु र युवाहरु पलायन हुनु रहेको छ ।

राष्ट्रिय इकोनमिक्स ओलम्पियाड प्रतियोगिताको पाँचौं संस्करणकाे २०२४ तर्फ काँस्य पदक १५ जनाले पाएका थिए भने सिल्भर १० तथा गोल्ड ५ जनाले पाएका थिए । गोल्ड मेडल पाउनेहरुमा चितवनको वाल्मीकि शिक्षा सदनका प्रसिद्ध अधिकारी, युनिग्लोब सेकेन्डरी स्कुलकी दीक्षा खिउजु, रातो बंगला स्कुलका सन्दीप आचार्य, बुढानीलकण्ठ स्कुलका प्रज्ञान शर्मा र युलेक्स स्कुलका प्रभात शाक्यले स्वर्ण पदक जितेका छन् ।

योसँगै उनीहरू हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनमिक्स ओलम्पियाड (आईईओ) का लागि योग्य भई बन्द प्रशिक्षणमा सहभागी हुने निश्चित भएको हो ।

फागुन ५ देखि ७ मा चलेको राष्ट्रियस्तरको प्रतियोगितामा सातै प्रदेशका ४० स्कुल तथा कलेजका १४३६ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये उत्कृष्ट ८० मा पर्ने विद्यार्थीहरूमाझ काठमाडौंको एपेक्स कलेजमा अन्तिम चरणको तीनदिने प्रतियोगिता आयोजना भएको थियो ।

उनीहरूमध्ये १० जनालाई बन्दसत्रमा छनोट गरी त्यसमध्ये ५ जनालाई जुलाईमा हङकङमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुन पठाउने आयोजक योङ इकोनमिक्स सोसाइटी नेपालले जानकारी दिएको छ ।

त्यसैगरी नेपाल इकोनोमिक्स ओलम्पियाडमा सहयोग पु-याउने तथा विभिन्न तरिकाले ऐक्यबद्धता जनाउने व्यक्ति, विभिन्न संघ संस्था तथा बैंकलाई टोकन अफ लभ प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न संस्था, कलेज, स्कूल तथा बैंकका प्रतिनिधिहरु उपस्थिति भएका थिए । यसरी उपस्थिति हुनेहरुमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट, फिनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन कुमार दाहाल, एपेक्स कलेजका प्रिन्सीपल दुर्गा रिजाल, सेबोनका निर्देशक कृष्ण राज पोखरेल, ग्लोबल आइएमइ बैंकका निर्देशक राधेश पन्त, सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलिया, एडीबीएलको सेल्स एण्ड मार्केटिङको हेड बीना शर्मा, बीएनकेको प्रिन्सीपल होमनाथ आचार्य, कोपिला भ्याली स्कुलका त्रिशना थापा, प्रभु बैंकका सिनियर अफिसर दिपेन्द्र बन्जाडे, सेबनको टेज प्रसाद देवकोटा, स्कट वील्सनका शुभ शर्मा, म्याथमेटिकल एशोसियसन नेपालका प्रतिनिधि, एष्ट्रोनोमि फाउण्डेसनका प्रतिनिधि, साइन्स टिचर्स एशोसियसन नेपालका प्रतिनिधि, स्वर्गभूमि फाउण्डेसनबाट भुमा भण्डारी, सेवनबाट अजय ढुँगाना, ट्र्याभल इन्क्वारी प्रवेश खत्री, इलाइट सीएका चेयरम्यान सीए प्रविन राज काफ्ले, सानिमा बैंकबाट सगुन प्रजापति, नबिल बैंकका प्रतिनिधि, यति एयरलाइन्सका प्रतिनिधि प्रभु बैंक, ट्रिनीटी कलेज, कस्मीक इन्टरनेशनल एकाडेमी, युनिग्लोब, टेकस्पायर कलेज, एड्रीज गल्र्स होस्टल, केएफसी, प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट एण्ड साइन्स, मदरल्याण्ड सेकेण्डरी स्कुल, सन सेक्युरिटीज, माछापुछ्र्रे बैंक, स्वर्गभूमि टुर्स एण्ड ट्राभल्स, प्रभु क्यापिटल, एमबीबीएलका प्रतिनिधिहरु, विभिन्न मिडियाका प्रतिनिधिहरु, अभिभावकहरु तथा विभिन्न संस्थाका अवलोकनकर्ताहरु तथा ओलम्पियाडमा भाग लिएका विद्यार्थीहरु उपस्थित भएका थिए ।

अन्त्यमा उपस्थिति सबैलाई तीन दिन सम्म सक्रियताका साथ भाग लिएकोमा भूपेन्द्र खत्रीले धन्यवाद दिएका थिए । अन्त्यमा सबै मेन्टर, अतिथि पाहुना र सहभागिहरुको सामूहिक फोटो सेसन गरिएको थियो ।

प्रतिकृया