• १२ असोज २०८३, सोमबार
  • ६ः५३ बेलुका

काँग्रेस नेताहरु भन्छन्ः जनताको अवस्थामा सुधार ल्याउन महासमिति बैठकले ठोस नीति तय गर्छ

प्रकाशित मिति

२०८० फाल्गुन ७ गते, सोमबार ०२:४४

फागुन ७, २०८० काठमाडौँ: मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली काँग्रेसका महासमिति सदस्यहरुले गरेका छन् । सोमवारबाट गोदावरीमा शुरु भएको चार दिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरुले मुलुकको विद्यमान व्यवस्था र देश र जनताको भोग्नुपरेका समस्या समाधान हुनेगरी नीतिगत निर्णय लिन सो बैठक सफल हुने प्रतिक्रिया दिएका हुन् । न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा पनि सो बैठकले ठोस निर्णय लिने बताएका छन् । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले व्यवस्थामाथि भईरहेको प्रहारलाई निस्तेज पार्ने गरी आवश्यक नीति बनाउन महासमिति बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनतामा रहेको निराशालाई आशामा बदल्न पनि महासमिति बैठकले सफल हुने बताउनु भयो ।

National Life

अध्यक्ष गुरुङले भन्नुभयो, ‘१४ औ महासमिति भेलाको हामी संघारमा छौं । र यो भेलाबाट हामीलाई पूर्णरुपमा विश्वास छ– हरेक महासमिति भेलाले देशका सबै संकटहरुलाई पार लगाएको छ । र अहिले संकटको घडीमा मुलुकमा आर्थिक मन्दीदेखि लिएर नेपाली जनतामा जुन निराशा छाएको छ । यो हाम्रो जुन चार दिने महासमिति भेला छ । यसले फेरी पनि निराश भएका नेपाली जनतालाई ऊर्जा दिन यो महासमिति भेला सफल हुनेछ । पार्टीलाई एकतावद्ध बनाएर लैजाने कुरामा हामीलाई पूर्णरुपमा विश्वास छ । व्यवस्थामाथि जुन चौतर्फी रुपमा प्रहारका कोशिसहरु भएका छन् । यो भेलामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाएर लैजाने कुरामा हामी सबैलाई पूर्ण विश्वास छ । ’

अर्का महासमिति सदस्य डा. सुरेशकुमार कनौडियाले हिन्दु राज्यबारे मुलुकमा जारी बहसलाई सम्बोधन गर्न महासमिति बैठक महत्वपूर्ण हुने बताउनु भयो । उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने विषयमा पनि नेपाली काँग्रेसले सो बैठकबाट ठोस निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।
महासमित सदस्य कनौडियाले भन्नुभयो, ‘यो महासमितिबाट जनताको जुन अपेक्षा छ नि । अहिले नेपाली काँग्रेसले नीतिगत अवधारणाहरुमा प्रष्ट हुनुपर्नेछ । अहिले कुनै पनि स्टेबल गोरर्मेन्ट बन्न सकिराखेको छैन समानुपातिकले गर्दाखेरी । त्यसको स्टेविलिटीको बाटो के हुनसक्छ ? हिन्दु राज्यको बारेमा पनि मुद्दा छ । अन्य थुप्रै मुद्दाहरु संगठन अन्तर्गत केही मान्छेहरुले पटकपटक अवसर पाइरहने, अरुले नपाउने, नहुने, संगठित सदस्यहरुबारेको विवाद समाधान गर्नुपर्ने जनताको र कार्यकर्ताको अपेक्षा छ । ती समस्या सम्बोधन होस भन्ने अपेक्षा गरेका छांैं ।’

Classic Tech Mobile
Classic Tech Desktop

मुलुकमा विद्यमान अनियमितता, भ्रष्टाचार अन्य गर्ने दिशामा पनि महासमिति बैठकले स्पष्ट नीति अंगिकार गर्नुपर्नेमा अर्का महासमिति सदस्य भोजराज श्रेष्ठले जोड दिनुभयो । उहाँले जनताको समस्या समाधान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि स्पष्ट दृष्टिकोण बनाउन बैठक फलदायी हुने बताउनु भयो ।

महासमिति सदस्य श्रेष्ठले भन्नुभयो, ‘देशमा विद्यमान अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती जस्ता कुरालाई निस्तेज पार्दै समृद्ध नेपाल बनाउनका लागि यो महासमिति बैठकले काँग्रेसको नीतिगत सुधार गर्नेछ । जसले गर्दा नेपाली जनताले भोग्दै आएका कठिनाईहरुलाई न्युनिकरण गर्ने र समाजवादलाई परिस्कृत गर्ने खालका कुराहरु आउँछ । जसले पछाडि पारेका समुदायलाई पनि समेटेर यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ काँग्रेस महासमिति बैठक ४ दिनसम्म चल्नेछ ।

प्रतिकृया