• ११ असोज २०८३, आइतबार
  • ६ः१३ बेलुका

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्ष नृपेश बादे विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८० माघ २६ गते, शुक्रबार ०५:४७

माघ २६, २०८० काठमाडौँ: काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित पक्राउ परेका बादेविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

National Life

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत माघ ३ गते पक्राउ गरेको थियो ।

‘अनुसन्धानको सिलसिलामा जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु १५,००,०००।– (पन्ध्र लाख रुपैयाँ) घुस–रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५,००,००० कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया