अख्तियारद्वारा पक्राउ परेका नापी कार्यालयका अमिन गोविन्द ढकाल विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
प्रकाशित मिति
२०८० माघ १७ गते, बुधबार ०३:४६
माघ १७, २०८० काठमाडौँ: नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । त्यसपछि खटिएको टोलीले उनलाई बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो ।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय, नवलपरासीमा अमिन पदमा कार्यरत निज गोविन्द ढकालले लालपूर्जा दिने प्रयोजनार्थ घुुस लिएको प्रमाणित भएकोले २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय हुने गरि सोही ऐनको दफा ३ को उपतफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुने गरिी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।






प्रतिकृया