• ८ असोज २०८३, बिहीबार
  • ९ः४० राती

सिमामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको ध्यानकर्षण

प्रकाशित मिति

२०८० माघ १५ गते, सोमबार ०४:४३

माघ १५, २०८० काठमाडौँ: मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई-मधेश संग जोडिएका नेपाल-भारत सिमामा देखा परेका विभिन्न समस्याहरु जस्तै लागूऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखन जस्ता समस्याहरुलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अझै संवेदनशील हुन् सशस्त्र प्रहरीलाई सचेत गराएका छन् |

National Life

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर सिमामा देखा परेका समस्याहरु संग सम्बन्धित विभिन्न उजुरीहरु आयोगमा आएको हुँदा त्यस्ता समस्याहरुको समाधानार्थ सशस्त्र प्रहरीको भूमिका आवश्यक रहेको बताएका छन् |

सो भेटघाटमा अध्यक्ष डा.दत्तले गरिब जनताहरुले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुख दिएको गुनासो आयोगमा आएको हुँदा जनतालाई अनावश्यक दुख नदिन पनि महानिरीक्षक अर्याललाई निर्देशन दिएका छन् | अध्यक्ष डा.दत्तले मानवअधिकारको संरक्षण सबैको साझा दायित्व रहेको समेत बताएका छन् | सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउन समेत आयोग र सशस्त्र प्रहरी बीच समन्वयात्मक भूमिका आवश्यक रहेको अध्यक्ष डा.दत्तले बताएका छन् |

Classic Tech Mobile
Classic Tech Desktop

भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोग संग सहकार्य गरी सिमा संग जोडिएका गाउँहरुमा युवा सशक्तीकरणको लागि सीपमूलक तथा सचेतनामुलक कक्षाहरु संचालन गरिने प्रतिबध्ता व्यक्त गरेका छन् |

प्रतिकृया