23 औ सशस्त्र प्रहरी दिवश 2080 को पूर्वार्धमा नेपालमा Quick Impact Project (QIP) को सुरुवात
प्रकाशित मिति
२०८० माघ ७ गते, आईतवार ०२:५४
माघ ७, २०८० काठमाडौँ: सशस्त्र प्रहरी बल, नेपाल नं. 9 पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाण्डौ तथा मातहत गण/गुल्महरुको संयुक्त सहभागितमा 23 औ सशस्त्र प्रहरी दिवशको पुर्वार्धमा यसै बर्षबाट सशस्त्र प्रहरी बलबाट नेपाल र जनताबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ तथा बिस्तार गर्ने उद्देश्य अनुरुप संचालित Quick Impact Project (QIP) अन्तर्गत जनतासँग प्रत्यक्ष सरोकार राख्ने निम्नानुसारको कार्यहरु सम्पन्न भएको छः
- पशुपतिनाथ मन्दिर परिसर जिर्णोद्धार,
- अशक्त दर्शनार्थिहरुको सहजताको लागि Wheel chair बितरण,
- “अमर प्रहरी” प्रहरी निरिक्षक ध्रुब दुलाल स्मृति स्नानगृह निर्माण गरी रुद्रमति धाम किरियापुत्री संचालक समितिसाई हस्तान्तरण !
मिति 2080/10/03 गते नं 9 पशुपतिनाथ वाहिनी अन्तर्गतका सशस्त्र प्रहरी राष्ट्र सेवकहरुद्वारा पशुपतिनाथ मन्दिर परिसरको मर्मत/संभार एवं जिर्णोद्धार सम्पन्न कार्यको स्थलगत अनुगमन गर्नुका साथै शारिरीक रुपमा अशक्त दर्शनार्थीको सहजताको लागि Wheel chair (थान- 4) बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाद्वारा पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिव श्री राजु कुमार क्षेत्रीज्यूलाई हस्तान्तरण गरिएको थियाे । उक्त अवसरमा बाहिनी अन्तर्गतका गणपतिहरु, गुल्मपतिहरु, कोषका पदाधिकारीहरु, सम्बन्धित वडाका वडा अध्यक्ष, प्रहरी प्रतिनिधीहरु, सशस्त्र प्रहरी कर्मचारीहरू तथा दर्शनार्थी भक्तजनहरूको समेत उपस्थिती रहेको थियाे ।
मिति 2080/10/06 गते नं 9 पशुपतिनाथ वाहिनि अन्तर्गतका सशस्त्र प्रहरी राष्ट्र सेवकहरुद्वारा तारकेश्वर-5, गोलढुङ्गा स्थित रुद्रमती किरियापुत्री धाममा पितृ कार्य गर्ने व्यक्तिहरूको सहजताको लागि “अमर प्रहरी” प्रहरी निरिक्षक ध्रुब दुलाल स्मृति स्नानगृह निर्माण गरी उक्त संरचना बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाद्वारा उक्त किरियापुत्री धाम संचालक समितिका अध्यक्ष नवराज चापागाईज्यूलाई हस्तान्तरण गरिएको थियाे । उक्त कार्यक्रममा नगरपालिकाका उपमेयर सृजना बुर्लाकोटी अर्यालज्यू, समाजसेवी दामोदर अर्यालज्यू, अमर प्रहरीकी धर्मपत्नि रोशनी दुलालज्यू, सम्बन्धित वडाका वडा अध्यक्ष, स्थानीय भद्र भलादमी तथा सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियाे ।







प्रतिकृया