गाजा युद्धका सय दिनः संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुनः आह्वान
प्रकाशित मिति
२०८० माघ २ गते, मंगलवार ०२:४७
माघ २, २०८० काठमाडौँ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमवार गाजामा द्वन्द्व शुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गर्नुभएको छ । गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको बताउनु भयो । उहाँले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढीरहेकोले भन्दै चाँडै युद्धबिराम गर्न आह्वान गर्नुभयो ।
उहाँले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताउनु भयो । उहाँले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताउनु भयो । द्वन्द्व शुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सिमित नरहेको बताउनु भयो ।
गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भएपनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताउनु भयो । भोकमरीको लामो छायाँले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा परेको बताउनु भयो । सहायता अभियानले गाजा भित्र वितरणमा पनि ठूलो बाधाहरू सामना गरिरहेको बताउनु भयो ।
हमासले गरेको हिंसालाई कुनैपनि कुराले न्याय दिन नसक्ने बताउनु भयो ।







प्रतिकृया