• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

पोखराबाट पाल्पा जाँदै गरेको जिप दुर्घटना : १२ जना घाइते

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार १२:३६

पुस २५, २०८० काठमाडौँ: तनहुँको भिमादमा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा र सेर्काभञ्ज्याङबीचको वरघुम्तीमा पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

National Life

इलाका प्रहरी कार्यालय भिमादका सई उदयराज पौडेलले घाइतेहरूलाई भिमादस्थित सेतीगंगा सामुदायिक अस्पताल र पोखरा लगिएको जानकारी दिए । घटनास्थलबाट फर्किएका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर थापाले घुम्तीबाट करिब ३ सय मिटर तल जिप खसेको जानकारी दिए ।

प्रतिकृया