• २१ असोज २०८३, बुधबार
  • ९ः५७ बिहान

सुनको मूल्य तीन दिनमा १ हजार घट्यो, बुधबारको भाउ कति ?

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार १२:२४

पुस २५, २०८० काठमाडौँ: नेपाली बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घटेको थियो । बुधबार सुनको मूल्य १ सय रुपैयाँले घटेको हो ।

National Life

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छापावाला सुनको मूल्य सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँका कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बुधबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ३० दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ ।

प्रतिकृया