डिभिजन वन कार्यालयका अधिकृतविरुद्ध मुद्दा दायर, एक करोड २५ लाख बिगो माग
प्रकाशित मिति
२०८० पुष २३ गते, सोमबार ०५:०३
पुस २३, २०८० काठमाडौँ: अख्तियार दुरुपयाृग अनुसन्धान आयोगले एक अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) दीर्घ नारायण कोईरालाविरुद्द मुद्दा हालेको हो ।
अधिकृत कोईरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । कोईरालाले २०४६ साल जेठ २ गते सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएका थिए । उनको नियुक्तिको समयदेखि २०७८ फागुन १२ गतेसम्मको समग्र आय (आम्दानी) तथा व्यय (खर्च तथा लगानी) को विश्लेषण गर्दा उनले यस अवधिमा अकुत सम्पत्ती कमाएको पाइएको अख्तियारले जनाएको छ ।
यस अवधिमा उनको पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जिवन बिमा परिपक्क भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र उनको छोरीको बचत रकमसमेत गरी जम्मा ८१ लाख ८६ हजार ९९६ रूपैयाँ ३१ पैसा देखिएको छ । आर्जन गरेको सोही जाँच अवधिमा उनको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद, बैंक मौज्दात लगायत हेर्दा दुई करोड सात लाख त्रियासी हजार तीन सय उनान्पचास रुपैंया पचासी पैसा देखिन्छ ।
उनको वैध आयको अनुपातमा सोही अवधिमा उनले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानी हेर्दा आयभन्दा बढी भएको एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैंया पचपन्न पैसा बरावरको सम्पत्ति स्रोत खुल्न नसकेको हो । उनको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको हुँदा सार्वनजिक पद धारण गरेका कोईरालाले साविक भ्रष्टाचार गरेको पाइएको अख्तियारको आरोप छ । उनीसंग एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैंया पचपन्न पैसा बिगो कायम गरी सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।








प्रतिकृया