• २१ असोज २०८३, बुधबार
  • ९ः५६ बिहान

‘९० प्रतिशत निजामति कर्मचारीले तलब अनुसार काम गरेनन् : प्रेम कुमार राई

प्रकाशित मिति

२०८० पुष २३ गते, सोमबार ०४:४४

पुस २३, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ९० प्रतिशत निजामति कर्मचारीले तलब अनुसारको काम नगर्ने गरेको बताएका छन् । दाङमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रमका बोल्दै राईले यस्तो बताएका हुन् ।

National Life

उनले निजामति कर्मचारीले पाउने तलबअनुसार दैनिक १० घण्टा काम गर्नुपर्ने भए पनि सात घण्टा पनि राम्रोसँग काम नगर्ने बताएका छन् । ‘९० प्रतिशत निजामति कर्मचारीले तलब अनुसारको काम गर्दैनन् ।’, उनले भने, ‘अहिले भएको तलब कर्मचारीहरुलाई धेरै भएको छ ।’ त्यस्तै, प्रमुख आयुक्त राईले सरकारले तलब दिने व्यवस्थालाई घन्टामा बदल्नुपर्ने पनि बताएका छन् ।

त्यस्तै, उनले देशको आर्थिक सुशासन बिथोलिनुमा कर्मचारीको ठूलो भूमिका रहेको भन्दै राष्ट्र सेवक कर्मचारी सच्चिएमा देशमा भ्रष्टाचार अन्त्य गर्न र आर्थिक सुशासन कायम गर्न पनि सहज हुने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया