श्रीमतीद्धारा श्रीमानको हत्या
प्रकाशित मिति
२०७६ भाद्र ८ गते, आईतवार ०५:०७
महोत्तरी, महोत्तरीमा आफ्नै श्रीमतीले श्रीमानको हत्या गराएको खुलासा भएको छ । बर्दिबास नगरपालिका–३ का ३६ वर्षे सरोज भनिने श्रवण थापाकी श्रीमती पूजा थापाले नै पेसेवर अपराधी मार्फत् श्रीमानको हत्या गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतकको शव असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास ३ स्थित स्मृति पार्क नजिकै फेला परेको थियो । पूजाले माइतीको बहिनीमार्फत पेसेवर अपराधी लगाएर श्रीमानको हत्या गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको छ । मृतकको टाउकोको पछाडि ढुङ्गा र रडले हिर्काएर हत्या गरिएको पोष्टमार्टमले देखाएको छ ।

हत्याको आरोपमा सर्लाहीका प्रमोद सिंह, मुकेश साह, रौतहटका जिला भनिने श्रीनारायण महरा र टिआई सहनी पक्राउ परेको महोत्तरी प्रहरीले जनएको छ ।हत्या गराउन पूजाले साढे ४ लाख पक्राउ पर्नेहरुलाई दिएकोे खुलेको छ । हत्यामा एक दर्जनविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन् । जसमध्ये अन्य आरोपीे फरार छन् ।





प्रतिकृया