• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४५ राती

विश्वभरि नै नयाँ वर्ष २०२४ को भव्य स्वागत

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ०८:१९

पुस १६, २०८० काठमाडौँ: नयाँ वर्ष २०२४ को अस्ट्रेलियाको सिड्नीमा भव्य स्वागत गरिएको छ। नयाँ वर्षको उत्सव भव्य आतिशबाजीका साथ सुरु भएको थियो ।

सिड्नीका हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८. ५ टनको आतिशबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। आतिशबाजी १२ मिनेटसम्म चलेको थियो ।

Kamana Sewa

अष्ट्रेलियाका अन्य सहर क्यानबेरा र मेलबर्नमा पनि नयाँ वर्षको भव्य स्वागत गरिएको छ ।

Classic Tech Desktop

किरिबाटीबाट सुरु भएको नयाँ वर्षको उत्सव अष्ट्रेलिया, न्युजिल्यान्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड हुँदै चीनसम्म गरिसकिएको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

प्रतिकृया