• १० असोज २०८३, शनिबार
  • १०ः१६ राती

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

प्रकाशित मिति

२०८० पुष १२ गते, बिहीबार ०८:०७

पुस १२, २०८० काठमाडौँ: सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

National Life

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रवक्ता रेखा शर्माले भट्टराईलाई सदस्य सचिवमा नियुक्त गर्ने जानकारी दिईन् ।


जीवनारायण काफ्लेको उमेर हदका कारण अवधि सकिएपछि सीटीईभीटीको सदस्य सचिव पद रिक्त थियो । काफ्लेको अवधि सकिएसँगै भट्टराईलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिइएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले परिषद्को रिक्त सदस्य सचिवमा भट्टराईसहित राष्ट्रिय सीप परीक्षणका निर्देशक टेकबहादुर मल्ल र क्वालिटी परियोजना प्रमुख विनोद बडाललाई सिफारिस गरेको थियो ।

प्रतिकृया