• २० असार २०८३, शनिबार
  • ७:१३ बेलुका

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ भाद्र ८ गते, आईतवार ०९:४७

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार आज बिहान राष्ट्रपति निवास शीतल निवासमा दुई जनाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेको अवस्थामा राष्ट्रपति भण्डारीले प्रचण्डलाई भेटका लागि बोलाउनु भएको हो ।
पछिल्लो समय पार्टी्भित्रको विवाद मिलाउन समेत भूमिका खेलेकी राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच समसामायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

Kamana Sewa

प्रतिकृया