• ३० भदौ २०८३, मंगलबार
  • ९ः४३ राती

काठमाडौं दुबई उडानमा छुट्न गएका यात्रुहरुलाई वैकल्पिक उडानको व्यवस्था

प्रकाशित मिति

२०८० मंसिर १४ गते, बिहीबार ०४:४६

मंसिर १४, २०८० काठमाडौँ: मिति २९ नोभेम्बर, २०२३ को काठमाण्डौं–दुबईको उडान नं. RA 229 को नियमित उडान समय रिसेड्युल भई २१ः३० बजे राखिएको र यात्रुहरुको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सी मार्फत् सेड्युल परिवर्तन भएको जानकारी गराइएकोमा २७४ यात्रु मध्ये केही यात्रुहरु उक्त उडानमा छुट हुन गएकोेले यसबाट यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति नेपाल वायुसेवा निगमले क्षमायाचना गर्दै आज मिति ३० नोभेम्बर, २०२३ मा उपलब्ध वैकल्पिक उडानबाट सबै यात्रुहरुलाई गन्तव्यमा पु¥याउने प्रबन्ध मिलाइएको जानकारी एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

National Life

यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनिकरण गर्न के के गरियो, जिम्मेवारी निर्वाह भयो भएन भनी आन्तरिक रुपमा छानविन गरि सम्बन्धितलाई आवश्यक कारवाही गर्न निगमका अध्यक्ष श्री युबराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिनु भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया