• २१ असोज २०८३, बुधबार
  • ७ः२५ बिहान

सांस्कृतिककर्मी गणेशराम लाछिको ७५ औं जन्मोत्सव

प्रकाशित मिति

२०८० मंसिर ११ गते, सोमबार ०४:३५

मंसिर ११, २०८० काठमाडौँ: मध्यपुर थिमि, मंसिर ९– मध्यपुर थिमि वडा नं. ६ चपाचो निवासी सांस्कृतिककर्मी गणेशराम लाछिको ७५ औं जन्मदिवस स्थानीय न्यू एभरेष्ट पार्टी प्यालेसमा मनाइयो । विनायक शिक्षा निकेतन ई.से. स्कुल, अक्षरमार्ग प्रकाशन, मध्यपुर कला परिषद् र ख्यालिगुलु गुथिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशु पन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले नेवाः परम्परा अनुसार सगुन दिई लाछिको ७५ औं जन्मदिवस मनाइयो ।

National Life

सन्तकुमार प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा विनायक शिक्षा निकेतन ई.से. स्कुृलका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले स्वागत गर्नु भएको थियो भने ख्यालिगुली गुथिका सचिव ह्दय मिश्रले लाछिको जीवनको बारेमा प्रकाश पार्नु भएको थियो ।


कार्यक्रममा विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा अक्षरमार्ग प्रकाशनद्वारा प्रकाशित कर्मयोगी गणेशराम लाछि पुस्तक विमोचन गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अक्षरमार्ग प्रकाशनका सम्पादक सूर्यप्रसाद लाकौलले संचालन गर्नुभएको कार्यक्रममा मध्यपुर थिमिका विभिन्न क्षेत्रका प्रभुत्ववर्ग र सांस्कृतिककर्मीहरु, साहित्यकारहरु र समाजसेवीहरु उपस्थित रहेको थियो । उक्त कार्यक्रममा लाछिका जेष्ठ पुत्र सन्तोषराम लाछिले सांस्कृतिक, साहित्यिक, कला संस्कृति र भाषा एवं मूर्त अमूर्त सम्पदानमा योगदान गर्नेलाई सम्मान र पुरस्कृत गर्न रू. १० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । कार्यक्रम पश्चात नेवाः भोजको आयोजना गर्नुभएको थियो ।

प्रतिकृया