• २१ असोज २०८३, बुधबार
  • ७ः२५ बिहान

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

प्रकाशित मिति

२०८० मंसिर ११ गते, सोमबार ०३:४३

मंसिर ११, २०८० काठमाडौँ: यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ ।

National Life

आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार चार सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


आज होटल तथा पर्यटन समूह शून्य दशमलव २५, लगानी समूह शून्य दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ३७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा जीवन बीमा समूह शून्य दमलव ८९ र बैंकिङ समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अपर स्याङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ०४ प्रतिशतले घटेको छ ।


कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू सात करोड ७७ लाख ६३ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर शेयर चार लाख ९७ हजार तीन सय ६९ कित्ता किनबेच भएको छ ।

प्रतिकृया