• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

कुमारी बैंक लिमिटेडद्वारा परिवार सुरक्षा बचत खाता बीमा वापत ८ करोड बाराबरको बीमा रकम भुक्तान

प्रकाशित मिति

२०८० मंसिर ११ गते, सोमबार १२:५४

मंसिर ११, २०८० काठमाडौँ: कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका ४,५०० (चार हजार पाँच सय) ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ । कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच (OPD), अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

National Life

बैंकको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरि तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६% दाबि रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११% र १०% तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक, ५४% रकम भुक्तानी गरेको छ ।


कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला सहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरुमाझ अत्याधिक लोकप्रिय रेहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया