• १९ भदौ २०८३, शुक्रबार
  • ८ः१२ राती

अविरल वर्षाका कारण ९ जनाको मृत्यु, अझै ३५ बेपत्ता

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०६:०७

एजेन्सी, चीनको दक्षिणपश्चिमी क्षेत्रमा परेको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ भने अझै ३५ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरू ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ ।

देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मंगलवारबाट मुसलधारे पानी पर्न शुरू भएको अधिकारीहरूले जनाएका छन् । बुधवार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुरू भएको प्राकृतिक प्रकोपबाट अन्य ६ जना घाइते भएका थिए भने १ लाखभन्दा बढी विस्थापित भएका थिए ।

Kamana Sewa

विस्थापित भएकाहरूलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरूले जनाएका छन् । प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरूलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरू पुर्‍याउँदै गरेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया