• २५ भदौ २०८३, बिहीबार
  • ३ः२९ दिउँसो

भवनमा आगलागी हुँदा चीनमा ११ जनाको मृत्यु

प्रकाशित मिति

२०८० कार्तिक ३० गते, बिहीबार १२:२५

कात्तिक ३०, २०८० बेइजिङ : उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । ५१ जनालाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

National Life

लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सीसीटीभीले जनाएको छ ।

“११ जनाको मृत्यु भएको पुष्टि भएको छ, हताहत हुनेको निश्चित संख्या गणना भइरहेको छ”, सीसीटीभीले भनेको छ, “अहिलेसम्म ६४ जनालाई बाहिर निकालिसकिएको छ, तीमध्ये ५१ जनालाई उपचारका लागि लुलियाङ फर्स्ट पिपुल्स अस्पतालमा पठाइएको छ, उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

सामाजिक सञ्जाल साइट विबोमा पोस्ट गरिएको भिडियो फुटेजमा भवनबाट आगोको ज्वाला र कालो धुवाँ निस्किरहेको र दर्जनौँ मानिस पार्किङमा उभिएर हेरिरहेको देखाइएको छ । भिडियोमा देखाइएको भवन कम्पनीको वेबसाइटमा पोस्ट गरिएको मुख्यालयको तस्बिरसँग मेल खान्छ ।

चीनमा लापरवाहीपूर्ण सुरक्षा मापदण्ड र कमजोर कार्यान्वयनका कारण औद्योगिक दुर्घटना भइरहन्छन् । जुलाईमा उत्तरपूर्वी एक स्कुल जिमको छत भत्किँदा ११ जनाको मृत्यु भएको थियो । एक महिनाअघि उत्तरपश्चिमी चीनमा एउटा बारबेक्यु रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो । अप्रिलमा बेइजिङमा एउटा अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको थियो ।

यस्तै, सबैभन्दा नराम्रो दुर्घटनामध्येको एक सन् २०१५ मा तियानजिनमा भएको थियो । तियानजिनमा एक रासायनिक गोदाममा विस्फोट हुँदा कम्तीमा एक सय ६५ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

प्रतिकृया