• २१ असोज २०८३, बुधबार
  • ७ः५० बिहान

जीप दुर्घटना अपडेट : मृतक सातजनाकै परिचय खुल्यो

प्रकाशित मिति

२०८० कार्तिक २६ गते, आईतवार ०४:२७

कात्तिक २६, २०८० काठमाडौँ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिचय खुलेको छ ।

National Life

बर्दघाट सुस्ता पूर्वकै बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली–९, गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक बौदीकाली–६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकीमगर, ५२ वर्षीया कुमारी राना, कावासोती बस्ने १७ वर्षीय अस्विन गैह्रे, बुलिङटार गाउँपालिका–४, चुलिबोझाका अन्दाजी ४०÷४५ वार्षकी कमला वानटक्की मगर र १२ वर्षीया करिष्मा ठाडा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२, मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिकृया