• २८ भदौ २०८३, आइतबार
  • ७ः२२ बेलुका

चलचित्र निर्माता तथा वितरक गोविन्द शाही पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ११:५४

काठमाडौँ, चलचित्र निर्माता तथा वितरक गोविन्द शाही पक्राउ परेका छन् । बुधबार चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

National Life

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार, शाहीविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट आपराधिक विश्वासघात सम्बन्धी कसूरमा दुई दिन म्याद थप गरिएको छ ।

‘अदालतले अनुसन्धानका लागि दुई दिन थुनामा राख्ने अनुमति दिएको छ, अब अनुसन्धान सुरु गर्छौं’, थापाले भने । चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर शाही फरार भएको आरोप जाहेरीमा लगाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया