प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङबीच भेटवार्ता
प्रकाशित मिति
२०८० कार्तिक २३ गते, बिहीबार १२:३५
कात्तिक २३, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएकाे छ । दुवैबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। भेटवार्तामा दुई देशबीच सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा सचिव वाङ छुङछेङसहितको चिनियाँ प्रतिनिधि मण्डल पनि सहभागी थियो । वाङ बुधबारदेखि नेपाल भ्रमणमा छन् । सचिव छुङछेङ पाँच दिने भ्रमणका क्रममा बुधबार नेपाल आएका हु्। हिजाे दिउँसाे उनले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेका थिए ।
छुङछेङले आजै बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनी पाेखरा पनि जाने बताइएकाे छ ।
प्रधानमन्त्री दाहाल चीन भ्रमणका क्रममा उनले सचिव छुङछेङलाई नेपाल भ्रमणकाे निम्ताे दिएका थिए ।








प्रतिकृया