• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

मानवसेवा आश्रममा आश्रित परिवारलाई न्यानो कपडा बितरण

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार ०५:०७

कात्तिक २२, २०८० काठमाडौँ : नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिराटनगर महानगरपालिका-१० स्थित मानवसेवा आश्रममा आश्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

National Life

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले बुधबार आयोजित कार्यक्रममा आश्रममा रहेका १० जना बालबालिकासहित ७० जनालाई न्यानो कपडा बितरण गर्नुभएको हो । जाडो मौसमलाई लक्षित गरी आश्रित परिवारलाई न्यानो कपडा बितरण गरिएको हो । सो अवसरमा संघकी प्रदेश अध्यक्ष बास्तोलाले आश्रमका महिलाहरुसँग कुराकानीसमेत गर्नुभएको थियो ।


सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानव सेवा सम्बन्धी विभिन्न परोपकारी कार्यहरु निरन्तररुपमा संचालन गर्दै आइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया