• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

अदालतको आदेश– पोखरा लेकसाइडका व्यापार २४ सै घन्टा खोल्न दिनु

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार ०२:५१

कात्तिक २२, २०८० गण्डकी : उच्च अदालत पोखराले लेकसाइड क्षेत्रका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन आदेश दिएको छ । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन आदेश दिएको हो ।

National Life

देवीकुमारी बरालले जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर दिएकी निवेदनमा वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले उक्त आदेश गरेको हो । बरालले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी निवेदन दिएकी थिइन् ।


अदालतले निवेदकको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाण सहित म्याद सूचना तामेल भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरा मार्फत, लिखित जवाफ पेश गर्नुहोला भनी विपक्षीका नाममा आदेश जारी गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया