• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान

प्रकाशित मिति

२०८० कार्तिक २१ गते, मंगलवार ०४:२८

कात्तिक २१, २०८० काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो। बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई मङ्गलबार एक कार्यक्रम आयोजना गरि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

National Life

भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि बैंकका कर्मचारीले मंगलबार १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन् ।


उक्त कार्यक्रममा मुख्य सचिव डा।बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया