भूकम्पका घाइतेहरू भेट्न जाजरकोट अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
प्रकाशित मिति
२०८० कार्तिक १८ गते, शनिबार १०:१३
???? ????? ??????? ?????? ?????????
??????? , ?? ??????? :
????????????? ???????? ????? ??????? ?????? ??????? ?????? ????????? ????????? ????? ?? ????????? ?????????? ??????? ????????? ? ?????? ?????? : ????????????? ????????/????
कात्तिक १८, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन्। जिल्ला अस्पताल जाजरकोट पुगेर उनले घाइतलेहरूलाई भेटेका हुन्। गएरातीको भुकम्पमा परि जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको र तत्काल उपलब्ध केहि राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाईएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
गृहमन्त्रालयले पनि प्रभावित जिल्ला मात्र नभई आसपासका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उद्दार र राहतमा सहभागी बन्न निर्देशन दिइसकेको छ।








प्रतिकृया