• २१ असोज २०८३, बुधबार
  • ७ः५० बिहान

यो लोकतन्त्रको खतरा को देखि छ भने हामीबाट नै छ : चित्रबहादुर केसी

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०४:१८

कात्तिक १६, २०८० काठमाडौँ: राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले अहिलेको अवस्थामा देशले सङ्घीयता धान्न नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र गुम्यो भने यसलाई प्राप्त गर्न कठिन हुने उल्लेख गर्दै लोकतन्त्र गए दलहरूकै कारण जाने उल्लेख गरे । उनले देशलाई अहिलेको अवस्थामा पुर्याउन बाह्य शक्तिले अन्तरिम संविधानमा देश सङ्घीय लोकतन्त्रमा जाने विषय हालेको बताए।

National Life

सांसद केसीले भने– ‘अहिले लोकतन्त्र, गणतन्त्रमाथि जुन कालो बादल मडारिरहेको छ, यो गुम्यो भने यसलाई प्राप्त गर्न ठुलो सङ्कट पर्छ । हामीलाई थाहा छ नि १७ साल, ५९ सालको अवस्था । मैले पहिलेदेखि नै भन्दै आएको हुँ, यो लोकतन्त्रको खतरा को देखि छ भने हामीबाट नै छ ।’


उनले देशले ८ सय भन्दा बढी सांसद, १ सय ३८ जना मन्त्री पाल्न नसक्ने बताउँदै सङ्घीयता भनेर जनताका कान नखान उल्लेख गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया