• 9:34 am

यो संसदले हामी जनप्रतिनिधिकै आवाज सुनेको छैन भने नागरिक तहको आवाज के सुन्थ्यो : रवि लामिछाने

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०३:५८

कात्तिक १६, २०८० काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ६ महिनाको अवधिमा संघीय संसदले करिब ६ करोड रुपैयाँ खर्च गरेर एउटा मात्रै कानुन बनाएको बताएका छन्।


बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रभावकारी काम गर्न नसकिएको बताए।


‘दोस्रो अधिवेशन प्रारम्भ भए यताको ६ महिनामा संघीय संसदले बजेटसँग सम्बन्धितबाहेक मात्र एउटा कानुन बनायो,’ उनले भने, ‘६ महिना समय र करिब ६ करोड खर्चेर यो सदनले एउटा कानुन पास गर्‍यो सभामुख महोदय। योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथें। नागरिकका समस्या सुल्झ्याउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ।’


उनले भने– ‘प्रत्येक संसद् बैठकमा हामी सांसदले राष्ट्रिय महत्त्व सहितका आफ्ना निर्वाचन क्षेत्रका विषय राख्दै आएका छौँ । कहिले मलिन भएर कहिले चर्को स्वरमा नागरिकका आवाज हामीले उठाउँदै आएका छौँ । जनताका दुःख पीडा माग आवश्यकता जस्ताको तस्तै आफ्नो क्षमता अनुसार सुनुवाइ गर्ने कोसिस गर्दै आइरहेका छौँ । मन्त्रीदेखि प्रधानमन्त्रीलाई सोध्छौँ ता कि जनतालाई आश्वस्त पार्न सकियोस् । तर दुःखका साथ भन्छु यो संसदले हामी जनप्रतिनिधिकै आवाज सुनेको छैन भने नागरिक तहको आवाज के सुन्थ्यो ? सुनेको छैन ।’

प्रतिकृया