• ५ साउन २०८३, मंगलबार
  • ५:४० बेलुका

डेढ मिनेटको टिजरमा कुनै संवाद छैन, तापनि दर्शकको मन जित्दै विक्रमको ‘तंगलान’ (भिडियाे)

प्रकाशित मिति

२०८० कार्तिक १५ गते, बुधबार ०३:२३

कात्तिक १५, २०८० एजेन्सी : दक्षिणी सिनेमाका दिग्गज अभिनेता चियान विक्रमको फिल्म तंगलानको टिजर सार्वजनिक भएको छ । टिजर हेरेपछि सबैको होश उड्न सक्छ । चियान विक्रम सधैं आफ्नो फरक फिल्मका लागि परिचित छन् । उनले पर्दामा विभिन्न किसिमका अभिनय पनि गर्छन् । विक्रम आफ्नो फिल्म तंगलानमा पनि यस्तै गरेको देखिन्छ । जसमा उनी अहिलेको भन्दा निकै फरक लुकमा देखिएका छन् । तंगलानको टिजर आदिवासी समुदायको झलकबाट सुरु हुन्छ ।


यसपछि टिजरमा विक्रमको लुक देखिएको छ, जुन एकदमै फरक छ । तंगलानको डेढ मिनेटको टिजरमा एक्सन मात्रै देख्न सकिन्छ । कुनै संवाद नभए पनि तंगलानको टिजर मन छुने छ । टिजरमा रहेको शानदार एक्सनले सबैको मन जित्ने छ ।

Kamana Sewa

तंगलन एक पान इन्डिया फिल्म हो, जुन आगामी वर्ष २६ जनवरीमा हिन्दी, कन्नड, तमिल, तेलुगु र मलयालम भाषाहरूमा रिलिज हुनेछ । फिल्मलाई पा रञ्जितले निर्देशन गरेका हुन् ।

Classic Tech Desktop

प्रतिकृया