• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

सरकारले आरोहणका लागि बन्द हिमाल खुलाउनुपर्छ : राष्ट्रपति पौडेल

प्रकाशित मिति

२०८० कार्तिक १५ गते, बुधबार ०२:३७

कात्तिक १५, २०८० काठमाडाैं : राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गरेका छन । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएका हुन ।

National Life

राष्ट्रपति पौडेलले नेपालमा आरोहणका लागि खुला नगरिएका हिमश्रृङ्खलाहरु खुलाउन जरुरी रहेको बताउनु भयो । उहाँले आरोहणका लागि नखुलाइएका हिमालहरु खुलाउन हिमालको व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन सुझाव दिनुभयो । उहाँले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि संघले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताउनु भयो ।


राष्ट्रपतिले पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले हिमाली पर्वतारोहण संरक्षण, हिमाली जनताको सांस्कृति सम्पदाको संरक्षण, आरोहण, खेलकुद गतिविधिको विकास, मृतक पर्वतारोहीका परिवारका लागि कल्याणकारी कार्यक्रम आदि अन्य गतिविधिमा नेपाल पर्वतारोहण संघले निर्वाह गरेको भूमिका असामान्य रहेको बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

‘‘हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पुर्‍याएको योगदानलाई बिर्सन सक्दैनौँ । हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्दै आएको छ । हिमाली पर्वतारोहण संरक्षण, हिमाली जनताको सांस्कृति सम्पदाको संरक्षण, आरोहण, खेलकुद गतिविधिको विकास, मृतक पर्वतारोहीका परिवारका लागि कल्याणकारी कार्यक्रम आदि अन्य गतिविधिमा नेपाल पर्वतारोहण संघले निर्वाह गरेको भुमिका असामान्य छ ।,’’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न म नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलाई सुझाव दिन चाहन्छु । नेपालमा अनगिन्ती हिमालहरु छन्, जो आरोहणका लागि खुला गरिएका छैनन् । यो खुलाउन जरुरी छ ।’’


राष्ट्रपति पौडेलले संघले पर्वतीय पर्यटनको क्षेत्रमा खेलेको भूमिका सह्रानिय रहेको बताउनु भयो । नेपाल कार्बन उत्सर्जन कम गर्ने देश हुँदाहुँदै पनि जलवायु परिवर्तनको समस्या नेपालले भोग्नुपरेको कुरा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गर्नु र यसबारेमा विश्वको ध्यानाकर्षण गराउनु नेपालका लागि सन्तोषको विषय भएको बताउनु भयो ।

प्रतिकृया