• २१ असोज २०८३, बुधबार
  • ८ः३१ बिहान

हमासले भन्यो इजरायलको आक्रमणबाट ५० बन्धक मारिए

प्रकाशित मिति

२०८० कार्तिक १० गते, शुक्रबार ०९:१०

कात्तिक १०, २०८०, काठमाडौं: इजरायल र हमासबिचको युद्य जारी छ। उक्त युद्धको २१ औं दिन चलिरहँदा हमासले इजरायलको आक्रमणमा परी ५० बन्धकको मृत्यु भएको जनाएको छ। यसअघि हमासले २० बन्धक मारिएको जनाएको थियो।

National Life

गत ७ अक्टोबरमा हमासले इजरायलभित्र अप्रत्याशित आक्रमण गर्दै २०० देखी २५० इजरायली र विदेशी नागरिकहरूलाई बन्धक बनाउँदै गाजा लगेको थियो। जसमा नेपालका विपिन जोशी समेत हमासले बन्धक बनाएको आशंका गरिएको छ। उनको अवस्था अझै अज्ञात रहेको छ।

हमासले ४ बन्धकको रिहाइ गरेको छ। इजरायलले भने हमासका ‘इन्टेलिजेन्स डिपुटी हेड’ शादी बारुदलाई मारेको जनाएको छ। इजरायलले उनी मुख्य कमान्डर याहया सिनवारसँग मिलेर काम गर्ने गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार अबेर राति हमासका एक मुख्य कमान्डर रुसको राजधानी मस्को पुगेको जनाइएको छ। इजरायले हमासका एक मुख्य नेतालाई रुसमा दिएको इन्ट्रीको निन्दा गरेको छ। रुसी न्युज एजेन्सी आरआईए का अनुसार हमासका सनियर लिडर अबू मरजूक एक प्रतिनिधि मण्डलसहित रुस पुगेका हुन्।

रुसले यसअघिनै यो युद्ध अमेरिकी विदेश नीतिको असफलताका कारण सुरु भएको जनाउँदै आएको छ। रुसले अमेरिकाले प्यालेस्टिनीको हितको सँधै नजरअन्दाज गरेको भन्दै अमेरिकाको आलोचना गरेको थियो।

न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार गाजामा अहिले सम्म करिब १६०० जना बेपत्ता भएका छन्। जसमा ९०० भन्दा बढी बालबालिका रहेका छन्। केही व्यक्ति तथा बच्चाहरू भग्नावशेष भित्र रहेको हुन सक्ने आशंका गरिएको छ। गाजामा करिब १ सय ४९ परिवार यस्ता छन जसले आफ्नो घरमा कम्तिमा १० सदस्यहरू गुमाएका छन्।

डब्लुएचओले गाजाको अवस्था भयावह भएको जनाएको छ। खास गरी इन्धनको कमीका कारण ३५ मध्ये १२ अस्पताल बन्द भएका छन्। ७ अस्पतालमा क्षमता भन्दा कयौं बढी घाइतेहरू भर्ना भएका छन्।

युएनले गाजा र आसपासका क्षेत्रमा कुल १ सय ५० रिफ्युजी क्याम्प चलाएको छ। जसमा ६ लाख भन्दा बढीले आश्रय लिइरहेका छन्। तर सहायता सामाग्रीहरू मुस्किलले गाजामा पुगेका छन्। पुगेका सामाग्रीहरू समेत बाँड्नका लागि आवश्यक सवारी साधनमा इन्धन नहुँदा समस्या परेको जनाइएको छ।

प्रतिकृया