• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

पाल्पामा जीप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो

प्रकाशित मिति

२०८० कार्तिक ६ गते, सोमबार ०९:२४

कात्तिक ६, २०८०, पाल्पा : पाल्पाको रानीमहल नजिकै आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका रहेका छन् ।

National Life

मृत्यु हुनेमा देवचुली–१६ रजघराका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगाना वर्ष ३५ की सबिता धिताल, सोही ठेगाना ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् ।

अर्का एक जना लमजुङ बेँसीसहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेकी छिन् । जीप चालक नवलपरासी देवचुली नपा–१६ रजघरा बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार साँझ करिब ५ बजे तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट जीप १०० मिटर तल खसेको थियो ।

बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

प्रतिकृया