• २१ असोज २०८३, बुधबार
  • ८ः०० बिहान

नेपालमा ड्रोन क्षेत्रको अवस्था मूल्याकंन परियोजना शुभारम्भ

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार ०४:१६

कात्तिक २, २०८० काठमाडौँ: नेपालमा ड्रोन क्षेत्रको बस्तुस्थितीको क्षमता विश्लेषण एवं मूल्याकंन परियोजना शुभारम्भ भएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आवद्धतामा द वल्ड बैँक नेपाल एवं नेपाल फ्लाईङ्ग ल्याब्सद्धारा नेपालको ड्रोन क्षेत्रको बस्तुस्थिती विश्लेषण तथा मूल्याकंन सम्बन्धी कार्यशाला २०८०/०६/३० गते होटल भिभान्तमा संचालन भएको हो ।

National Life

उक्त कार्यशालामा यस क्षेत्रको निति निर्माण तहमा कार्यरत निकायहरु नेपाल सरकार गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र यस क्षेत्रमा कार्य गर्ने सरकारी निकायहरु भूमि व्यवस्थापन तालिम केन्द्र, नापी विभाग, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल जस्ता निकायहरुको सहभागिता रहेको थियो ।


शैक्षिक संस्थाको तर्फबाट ड्रोन क्षेत्रको अध्ययन अध्यापन सम्बन्धी कार्य गर्ने गराउने विश्वविद्यालय एवं कलेजकहरुबाट समेत सहभागिता हुनुको साथै यस क्षेत्रमा कार्यरत १० भन्दा बढी निजी कम्पनी तथा उद्दमहरुबाट समेत सहभागिता रहेको थियो । आयोजित कार्यशालामा सरकारी, निजी, गैर सरकारी तथा शैक्षिक संस्था गरेर १८ वटा भन्दा निकायहरुको सहभागिता रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा ड्रोन क्षेत्रको उल्लेखीय रुपमा २०७२ सालको महाभूकम्प पश्चात मात्र विकास हुँदै आएको र यसैबेला अन्धधुन्द भएको ड्रोन उडानलाई प्रयोग भएको ड्रोन प्रविधिका कारणले नै नेपाल सरकारबाट “मानव रहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५” निर्माण भएको नेपाल फ्लाईङ्ग ल्याब्सको अध्यक्ष सिद्धान्त न्यौपानेले बताए ।


कार्यशालामा सबै क्षेत्रले ड्रोन प्रविधि यसको हालको बजार अवस्थाको विश्लेषण गर्नुको साथै राज्य निकायबाट यस क्षेत्रमा गर्नुपर्ने नितिगत व्यवस्थाको बारेमा सुझाबहरु प्रदान गरेका थिए । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको सहसचिव श्री बुद्धी सागर लामिछाने ज्यूले नेपालमा हालसालै ड्रोन नियमन कार्यसमिति गठन भएको र यस कार्यसमितिले यस क्षेत्रमा राज्य निकायबाट गर्नुपर्ने व्यवस्थाहरुमा कार्य गर्न थालिएको उनले बताए । नेपाल जस्तो कठिन भूबनोट भएको मुलुकमा ड्रोन प्रविधिको उचित प्रयोग मार्फत दुर्गम क्षेत्रहरुमा सहज सेवा पहुँच हुनुको साथै नागरिकको धेरै आवश्यकताहरुमा महत्वपूर्ण भूमिका ड्रोन क्षेत्र निर्वाह गर्न सक्ने बताए ।

प्रतिकृया