• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

प्रतिनिधिसभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति

२०८० आश्विन २७ गते, शनिबार ०९:१५

असोज २७, २०८० काठमाडौँ: प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

National Life

आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।


थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि सदनले स्वीकृत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया