• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

टिकटक, फेसबुक र इन्स्टाबाट ठगी धन्दा भएको छ, सरकारले नियन्त्रण गरोस्: प्रदीप पौडेल

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार ०३:५१

असोज २५, २०८० काठमाडौँ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले टिकटक, फेसबुक र इन्स्टाग्रामको प्रयोग गरेर ठगीको नयाँ धन्दा सुरू भएकोले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

National Life

टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने, अनलाइनबाटै पैसा लिने र सामान उपलब्ध नगराउँदै अकाउन्ट बन्द गरी ठगी गर्ने प्रवृत्ति बढेको पौडेलले बताए।


‘प्रविधि प्रयोग गरेर ठगीधन्दा सुरू भएको छ। सरकारले तत्काल सम्बन्धित निकायलाई सक्रिय बनाएर यस्ता ठगी अन्त्य गरोस्, संलग्नहरूलाई कानुनअनुसार कारबाही गरोस्,’ उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले चाडपर्वका मुखमा सडक मर्मत नगरेको र महँगी नियन्त्रण गर्न नसकेको पनि उनले बताए।

प्रतिकृया