• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

सिजि मोटर्सद्वारा नेटा भी को एक्स्चेन्ज क्याम्प आयोजना

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार ०३:२५

असोज २५, २०८० काठमाडौँ : सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरुका लागि आश्विन २४ गतेदेखि २८ गतेसम्मका लागि बिशालनगर, काठमाण्डौ स्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरीरहेको छ । प्योर इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारीलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको बेला आसन्न चाड दशैंलाई लक्षित गरी सिजि मोटर्सले एक्स्चेन्ज क्याम्पको आयोजना गरेको हो ।

National Life

एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक बर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर समेत दिइरहेको कम्पनीले जनाएको छ । साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ । सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कुरा कम्पनिद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।


३८० कि.मी. रेन्ज, ०.५ रुपैया प्रति कि.मी. खर्च, १० वर्ष अथवा २,००,००० कि.मी. ब्याट्री र मोटरमा वारेण्टी, ६३% हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया