• १०:१८ २०८१ बैशाख ४ गते
  • 10:18 am

बौद्धमा प्रहरीले गोली चलायो, लुटेरा समूहका एकजना घाइते

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार ०३:०९

boudha

असोज २५, २०८० काठमाडौँ: काठमाडौंको बौद्धस्थित अत्तरखेलमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणा लिएको छ भने एकजना घाइते भएका छन् ।


उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चलाएको गोलीबाट सिन्धुलीका अमर घलान घाइते भएका हुन् । लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सो समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो ।


प्रहरीले अरु तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया