• १९ भदौ २०८३, शुक्रबार
  • ८ः१२ राती

रहेनन् संगीतकार खय्याम

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०४:०८

एजेन्सी, ‘कभी कभी’ र ‘उमराव जान’ जस्ता फिल्ममा संगीतकार खय्यामको ९२ वर्षको उमेरमा निधन भएको छ । खय्याम साहब फोक्सोमा संक्रमण देखिएपछि केही दिनदेखि बिरामी थिए र मुम्बईको सुजय अस्पतालको आइसियूमा भर्ना भएका उनको सोमबार राती निधन भएको हो ।

उनी पद्म भूषण र संगीत नाटक एकेडेमी पुरस्कारबाट सम्मानित थिए । खय्यामले कभी–कभी, उमराव जान, त्रिशुल, नुरी, बाजार, रजिया सुल्तानजस्ता फिल्मलाई संगीत दिएका छन । कभी कभी (सन् १९७७) र ‘उमराव जान’ (१९८२) का लागि खय्यामले बेस्ट म्युजिकको फिल्मफेयर अवार्ड जितेका थिए ।

Kamana Sewa

प्रतिकृया