नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन् : स्वास्थ्यमन्त्री यादव
प्रकाशित मिति
२०७६ भाद्र ३ गते, मंगलवार ०४:३०
काठमाडौँ, उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विदेशबाट उपचारका लागि नेपालमा आउने गरेको बताउनु भएको छ । आज प्रतिनिधिसभामा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन्’ विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका छन् ।’

क्यान्सरको उपचार नेपालमा राम्रो भएकाले धेरै विरामी विदेशबाट आउने बताउदै उहाँले भन्नु भयो, ‘मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार विश्वस्तरको छ, सफल उपचार भइरहेको छ, ‘हामीकहाँ सम्भव नभएको केही केस पनि छन् । त्यसको उपचार बाहिर गर्नुपर्छ ।’ हाम्रो प्रयास हाम्रै देशमा उपचार होस् भन्ने हो, तर विदेशमा उपचार रोक्ने कानुन छैन ।’

मन्त्री यादवले सरकारी अस्पताललाई निजी अस्पतालमा विरामी जाँच्ने रोक्ने गरी कानुनी व्यवस्था भएको बताउदै उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वास्थ्य नीति २०७५ र १५ औं योजनामा रहेको एक चिकित्सक एक अस्पतालमा काम गर्ने अवधारणा सबै सरकारी अस्पतालमा क्रमशः लागू गरिनेछ’ उहाँले भन्नुभयो, ‘यो कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न सेवाको पहुँच विस्तार गर्न सरकारी अस्पतालमा अतिरिक्त सुविधासहितको विस्तारित स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नेछौं ।’




प्रतिकृया