• २१ असोज २०८३, बुधबार
  • ८ः३१ बिहान

वीरमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेर हटाएका हौं: स्वास्थ्यमन्त्री बस्नेत

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ०४:५५

असाेज २३, २०८० काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन्।

National Life

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड-१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रूपमा रहेको भन्दै अब यो छिटै समाधान हुने बताए। उनले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलीएर बसेकोभन्दै चाँडैनै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रक्रिया थालिने बताए।


स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशीघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने स्वास्थ्यमन्त्री बस्नेतकाे भनाइ छ।


उनले संविधानको मौलिक हकमा आधारभुत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने भन्ने उल्लेख भएपनि कार्यान्वयन गर्न सरकार प्रतिवद्ध भएर लागिरहेको पनि बताए।

प्रतिकृया