• १३ असोज २०८३, मंगलबार
  • ७ः२१ बिहान

जनजाति प्रतिष्ठानको तर्फबाट दैलेखका राउटे समुदायलाई राहत वितरण

प्रकाशित मिति

२०८० आश्विन १९ गते, शुक्रबार ११:३०

असोज १९, २०८० दैलेख : चाडपर्व नजिकिदै गर्दा दैलेखको भैरवी गाउँपालिकामा रहेका लोपोन्मुख राउटे समुदायलाई आवश्यक राहत वितरण गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको टोलीले दैलेको भैरवी गाउँपालिका वडा नं २ रावतकोटमा रहेका राउटे समुदायलाई सोही गाउँमा पुगेर खाध्यान्न, दाल, चामल, पाल, कपडा तथा कम्मल लगायतका राहत सामग्री वितरण गरेका हुन् ।

National Life

प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको विशेष उपस्थितिमा भएको राहत वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव दिवश राई, स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुन, जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्साल, भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


राहत वितरण कार्यक्रमलाई सहजीकरण गर्दै डम्मर गरङ्जा मगरले लाेपोउन्मुख राउटे समुदाय संकटबाट गुज्रिरहेको जानकारी प्राप्त भएपश्चात् उनीहरूको दैनिक जीवनयापनमा सहज होस भन्नका लागि राहत वितरण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले भने, ‘अब चिसो समय सुरू हुन लागिसकेको छ । जंगलमा बसिरहेका समुदायलाई चिसोबाट बच्नका लागि न्यानो कपडा हस्तान्तरण गरेका छौ ।’

Classic Tech Mobile
Classic Tech Desktop

त्यस अवसरमा भैरवी गाउँपालिका दैलेखका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिकामा बसोबास गरिरहेका र संकटबाट गुज्रिरहेका राउटे समुदायलाई दैनिक जीवन सहजीकरणका लागि सहयोग गर्ने प्रतिष्ठान र सहभागी सबैलाई धन्यवाद व्यक्त गरिन् ।

प्रतिकृया