• २३ भदौ २०८३, मंगलबार
  • १०ः४७ राती

‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ अष्ट्रेलियाको सिड्नीमा हुँदै

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार १२:०७

असोज १८, २०८० काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका बहु चर्चित लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन प्रस्तुति दिने भएका छन् ।

National Life

जाले रुमाल फाट्यो, दमाइ महाराज, फुलमाया सकम्बरी, ‘कुरा बुज्न पर्च, गलबन्दी च्यातियो तिमीले तानेर, केटाहरू नबन सोझो, बोल माया, यो देश मेरो पनि हैन र, तिम्रो मायाले मलाई पिर दियो जस्ता लोकप्रिय गीत नेपाली सांगीतिक जगतमा पस्किएका सपुतलाई याक एण्ड यति इभेन्ट र यात्री इन्टरटेनमेन्टको संयुक्त रुपमा ल्याउन लागेको याक एण्ड यति ईभेण्टका सञ्चालक आशिष भण्डारीले जानकारी गराएका छन्।


नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चामा रहेका लोकप्रिय गायक तथा नायक प्रकाश सपुतको साथमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता गायिका सज्जा चौलागाईं र गायक कुमा सागरको समेत प्रस्तुति रहने यात्री इन्टरटेनमेन्टका रबिन थापाले बताए । कार्यक्रम १०५ भिक्टोरिया रोड मेरिक्भिल एनएसडब्लु सिड्नी अष्ट्रेलियामा साँझ ७ बजे देखि ११ बजे सम्म हुने आयोजकले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया