शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा २८ जनाको प्रत्यारोपण
प्रकाशित मिति
२०८० आश्विन ११ गते, बिहीबार ११:३८
असोज ११, २०८० काठमाडौँ : स्थापनाको ११ वर्ष अवधिमाशहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा११२७ जनाको मृगौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । गत भाद्र महिनामा मात्र २८ जनाको प्रत्यारोपण सम्पन्न भएको थियाे जसमध्ये २७ जनाको मृर्गौला र १ जनाको कलेजो प्रत्यारोपण सत प्रतिशत सफलताका साथ सम्पन्न भएको कुरा केन्द्रका कार्यकारी निर्देशक एवं मृर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले बताए ।
केन्द्रले नेपालमै पहिलो पटक डा पकार चन्द्र श्रेष्ठको नेतृत्वमा२०७३ मंशीर २२ गते कलेजो प्रत्यारोपण र २०७४ बैशाख २८ गतेपहिलो पटक मस्तिष्क मृत्यू भएका व्यक्तिको मृर्गौला प्रत्यारोपण गरी हाल सम्म पाँच जना मष्तिष्क मृत्यू भएका व्यक्तिबाट १० जनाको मृर्गौला र ३ जनाको कलेजो प्रत्याारोपण गरेको छ भने आपसी साटासाट (Pair Exchange) बाटहाल सम्म ४६ जोडीको मृर्गौला प्रत्यारोपण समेत भइसकेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकों शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संस्थाको आफ्नै भवनन भएको अवस्थामा पनि सबै भन्दा धेरै कलेजो र मृर्गौला प्रत्यारोपण गर्नका साथै अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार गरेको तथा देश भरी प्रत्यारोपण र डायलाइसिस सेवा विस्तार गर्न प्रयासरत रहेको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र साथै कर्णालीप्रदेश को सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ ।

वर्तमान स्वास्थ्यतथा जनसंख्यामन्त्री मोहोन बहादुर बस्नेत र स्वास्थ्य सचिवद्वय डा. रोशनपोखरेल र देव कुमारी गुरागार्इँको सक्रियतामा प्रत्यारोपण केन्द्रले आफ्नो सेवा विस्तारमा थप गतिलिँदै गएको छ । यो सफलता प्राप्त गर्नमा केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको अथक प्रयास रहेको कुरा डा श्रेष्ठले बताए ।




प्रतिकृया