• २१ असोज २०८३, बुधबार
  • ८ः५९ बिहान

कोसी प्रदेशमा एकता र सद्भाव आवश्यक रहेकाे गृहमन्त्री श्रेष्ठकाे भनाइ

प्रकाशित मिति

२०८० आश्विन ८ गते, सोमबार ०२:३२

असोज ८, २०८० विराटनगर :  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वैचारिक र राजनीतिक मतभेद भए पनि कोसी प्रदेशमा एकता र सद्भाव आवश्यक भएको बताएका छन् । प्रदेश राजधानी विराटनगरमा सोमबार आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा साझा रुपमा समस्या बुझ्न आफू विराटनगर आएको बताए ।

National Life

“विशेषतः यस प्रदेशको पछिल्लो परिवेश अनि आन्तरिक सुरक्षाका विषयमा ६ जिल्ला सुरक्षा समितिको पदाधिकारी भेट्यौँ ।‌ सहभागी हुन नसक्नु भएकालाई छलफलबारे जानकारी गरायौँ,” उनले भने, “सरकारसामु विकासको गति दिने राष्ट्रिय कार्यभार छ । विविधतामा एकता अझ बलियो बनाउन पर्छ ।‌ बहुजातीय र बहुभाषिक देश हो । यसलाई अझ बलियो बनाउन पर्छ ।”


उनले मौलिक पहिचान र एकता कमजोर पार्न र प्रहार गर्न खोजिएको देखिएको भन्दै अधिकार उपभोगको रक्षा गर्दै देशलाई एकताबद्ध गर्न जरुरी भएको बताए । उनले भने, “सुरक्षा निकायसँग छलफल भएको छ । राजनीतिक तहबाट छलफल गर्न आवश्यक देखिएको छ । छलफलबाट नयाँ वातावरण बनाउन पर्छ ।” “हामीले संवेदनशील जातीय, धार्मिक र सांस्कृतिक विषयमा छलफल हुनुपर्छ । सुरक्षा र प्रशासनिक क्षेत्रसँग छलफल गरियो,” उनले भने, “संगठित गतिविधि सबैले गर्न पाउँछन्, गरिनुपर्छ । दलले अहिलेको समयलाई कसरी बुझ्नुभएको छ र समाधानको उपाय खोज्न छलफल गरिएको हो ।”

Classic Tech Mobile
Classic Tech Desktop

गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिको नयाँ वातावरण बनाउन जरुरी भएको भन्दै देशको आन्तरिक विषयमा सबै पक्षको एकता आवश्यक रहेको सुनाए । “यहाँको एकता र सद्भाव आवश्यक छ,” उनले भने ।

प्रतिकृया