• २१ असोज २०८३, बुधबार
  • ८ः४३ बिहान

नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सञ्चालनमा ल्यायो

प्रकाशित मिति

२०८० आश्विन ८ गते, सोमबार १२:३५

असोज ८, २०८० काठमाडौँ:  नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा आज एक कार्यक्रम आयोजना गरी समुद्घाटन गरेको छ।

National Life

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।


०१–५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंक लिमिटेडका आदरणीय ग्राहक वर्गका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले विश्वास लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालभर २२८ शाखाहरु, २०४ ए.टि.एम. का साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको जनाइएको छ ।

प्रतिकृया