• २९ साउन २०८३, शुक्रबार
  • ८:१८ बिहान

मलंगवा घटना अनुगमनको लागि मधेशी आयोगले उच्चस्तरीय अनुगमन टोली सर्लाही पठायो

प्रकाशित मिति

२०८० आश्विन ७ गते, आईतवार ०३:३०

असोज ७, २०८० सर्लाही : मधेशी आयोगले सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा कृष्णाष्टमी पुजाको मुर्ती जलप्रवाह, विश्वकर्मा पुजाको मुर्ती जलप्रवाह तथा गणेश पुजाको मुर्ती जलप्रवाह गर्न जाँदा पथमा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाउने घटनाको सत्यतथ्य पता लगाउन एक उच्चस्तरीय अनुगमन टोली सर्लाही पठाएको छ |


आयोगले जारी गरेको एक प्रेस विज्ञप्तिमा आयोगले सो घटना प्रति खेद प्रकट गर्दै सो घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको बताएको छ | गत शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा पुन: झडप भएको र त्यसपछि सो घटनाले अझ उग्र रुप लिएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ |

Kamana Sewa

आयोगले कानुन विपरित कार्य गर्ने जो-कोही लाई पनि कानुनी दायरा भित्र यथाशिघ्र ल्याउन स्थानीय प्रशासनलाई सचेत गराएको छ | आयोगले सो घटनामा घाइते भएकाहरुको उपचारको लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ | आयोगले अनुगमन टोलीलाई सबै सरोकारवालाहरुले आवश्यक सहयोग गरिदिन समेत आग्रह गरेको छ | आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता साम्प्रदायिक घटनाहरु प्रति आयोग गम्भीर रहेको बताउदै यस्ता घटनाहरुका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय-समयमा स्थानीय प्रशासनलाई निर्देशन दिएको तथा संघीय, प्रदेश तथा स्थानीय सरकारलाई सचेत समेत गराइएको बताएका छन् |

Classic Tech Desktop

प्रतिकृया